दार्चुला । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नंम्बर २ रिप गाउँका छन् ।
सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका ७ चिप्लेगाडामा दुर्घटना भएको थियो ।
प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नंम्बर २ का एकै नाम थरका दुई जना राम परियार, प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।
दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ चालक दिनेश लावड, सोरु नम्बर ५ का गोविन्दा शाही र लोकजङ्ग नेपाली छन् । नेपाली सोरु नम्बर ५ का वडा सदस्य हुन् ।
यसैगरी सोरु ६ का सेरे रोकाया र हुम्ला सिमीकोट नम्बर २ का उदीप बोहोरा पनि घाइते भएका प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया