१ लाख टन चामल माग्दै भारतलाई नेपाल सरकारको पत्र

दार्चुला । सरकारले एक लाख ५५ हजार टन खाद्यान्न माग आपूर्तितका लागि भारत सरकारलाई पत्र पठाएको छ ।

भारतले बासमती बाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चामलको मूल्य बढ्नुका साथै आपूर्ति प्रभावित हुन थालेपछि भारतलाई पत्राचार गरिएको हो ।

वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले धान, चामल र चिनी खरिदका लागि भारतीय दूतावास मार्फत पत्र पठाइएको बताउनु भएको हो । पत्रमा एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान आपूर्ति गरिदिन आग्रह गरिएको पनि उहाँले बताउनु भएको छ ।

भारत सरकारबाट पत्रको जवाफ भने आएको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?