दार्चुला । हेटौँडामा एक युवक आफ्नै गोप्य अंग (लिङ्ग) काटेर अस्पताल पुगेका छन् । गएराति मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कको होटलमा बसेका २२ वर्षिय नवीन हुमागाईँले आफ्नै लिङ्ग काटेर अस्पताल पुगेका हुन् ।
रातिको करिब १२ बजेतिर उनी घाइते अवस्थामा आफै हेटौँडा अस्पताल पुगेको चिकित्सकहरुले बताएका छन् ।
उनलाई राति नै चितवन रेफर गरिएको बताइएको छ ।
प्रहरीका अनुसार उनले गएराति १० बजेतिर आँफै लिंग काटेका थिए । उनले प्रहरीसमक्ष आफ्नो लिंग आँफै काटेको वयान दिएकोसमेत बताइएको छ ।उनको अवस्था हाल मध्यम रहेको प्रहरीको भनाई रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया