नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार पुग्यो

दार्चुला । नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार पुगेको छ ।

गएको पुस महिनायता डेंगु संक्रमितको संख्या १५ हजार ३९४ पुगेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकमा उल्लेख गरिएको छ ।

यस्तै डेंगु संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ। सो प्रदेशमा ११ हजार ३७८ जनामा डेंगु पुष्टि भएको छ। यसैगरी, बागमती प्रदेशमा दुई हजार ४६४, गण्डकी प्रदेशमा ६०९, सुदूरपश्चिम प्रदेशमा ४६४, लुम्बिनी प्रदेशमा ३०८, मधेश प्रदेशमा १३५ कर्णाली प्रदेशमा ३९ जनामा डेंगु पुष्टि भएको छ।

सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन्। सुनसरीमा आठ हजार ४४, मोरङमा एक हजार ६७७, धादिङमा एक हजार ७५६, कास्कीमा २४९, दार्चुलामा १९४, झापामा ९१७, काठमाडौंमा २०७, सङ्खुवासभामा १७७, तनहुँमा १३० जनामा डेंगु पुष्टि भएको छ।

हालसम्म डेंगु सङ्क्रमण ७५ जिल्लामा फैलिसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?