दार्चुलाको सरस्वती आविका प्रधानाध्यापक पाँच दिनदेखि वेपत्ता, खोजी गर्दै स्थानीय र प्रहरी

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ स्थित श्री सरस्वती आवि बिटोराका प्रधानाध्यापक अनिरुद्र भट्ट पाँच दिनदेखि बेपत्ता भएका छन्।

५६ वर्षीय भट्ट गत मंगलवार दिउँसो तिर आमालाई खाना पकाउन भनी आफू नुहाउनका गएपछि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता शिक्षक भट्टको स्थानीय हरू र प्रहरीले खोजि गरिरहेका छन् ।

इलाका प्रहरी कार्यालय रिठाचौपाताका इन्चार्ज तिलक कलौनीको नेतृत्वमा रिठाचौपाताबाट समेत प्रहरी टोली लेकमको वडा नम्बर २ मा पुगेको छ । प्रहरी चौकी रातामाटाबाट सुरक्षाकर्मीहरुले खोजिकार्य जारी राखेपनि बेपत्ता भट्ट अहिलेसम्म फेला नपरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?