दार्चुला । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटना भएको छ । दाङको तुलसीपुरबाट काठमाडौँतर्फ जादै गरेको बागमती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान सडकको दाहिने किनारातर्फ दुर्घटना भएको हो ।
बिहान करिब ५ बजे भएको दुर्घटनामा परी २६ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते मध्ये तिन जनाको अवस्था गम्भीर छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया