बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु

दार्चुला । काठमाडौंको स्वयम्भू वनस्थली सडक खण्डमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बालाजुबाट कलंकी जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश-०२-०३७ प ०७५५ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको साँगाचोकगडीका ३२ वर्षीया अनिता थापा र अर्का एक ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै अन्दाजी १० वर्षीकी बालिकाको टाउकोमा चोट लागेर घाइते हुँदा मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?