अविवाहित युवतीबाट जन्मिएको शिशु अस्पतालबाटै गायव

दार्चुला । मोरङमा एक अविवाहित जोडीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै गायव भएको छ। अस्पतालमा जन्मिएको नवजात शिशु गायव भएपछि प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको छ।

एक अविवाहित पुरुष र महिलाबाट गत साउन १४ गते विराटनगरको ग्रिनक्रस हस्पिटलमा एक शिशुको जन्म भएको थियो। सुरुमा उनीहरु एक क्लिनकमा गएका थिए। त्यसपछि क्लिनकको सल्लाहअनुसार उनीहरु ग्रिनक्रस अस्पताल गएका थिए। अस्पतालमा शिशुको जन्म भएको थियो।

तर त्यहाँबाट शिशु गायव भएपछि प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी रन्जनकुमार दाहालका अनुसार अहिले उक्त अस्पतालका डाक्टर तपेश्वरलाल कर्ण र ती शिशुका बाबु भनिएका गोविन्द राईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ।

अस्पतालले नवजात शिशु अविवाहित जोडीकै जिम्मा लगाएको बताएको छ। उनीहरुले भने उक्त शिशु आफूले जिम्मा नलिएको र हस्पिटलले नै गायव पारेको आरोप लगाएका छन्।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?