दार्चुला । सङ्घीय संसद अन्तर्गत आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी मंगलबारसम्मका लागि स्थगित भएको हो।
अर्को बैठक भदौ ५ गते दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।
संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार सर्वदलिय बैठक राख्नुभएको थियो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको आइतबारको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि सोमबार ४ बजे फेरि बैठक बस्ने गरी सकिएको जनाइएको छ ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० यता निरन्तर संसद अवरोध गरिरहेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया