भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउदा नेपालमा पनि प्याजको मूल्य बढ्ने

दार्चुला । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । उत्पादन घटेकोले आन्तरिक बजारलाई स्थिर राख्न निर्यातमा ४० प्रतिशत कर लगाएको वित्त मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा पछिल्लो हप्ता मात्रै खुद्रा बजारमा प्याजको भाउ झन्डै ६० प्रतिशतले बढेर किलोको ५० भारुसम्म पुगेको छ । यसलाई नियन्त्रण गर्न भारत सरकारले आउँदो डिसेम्बर अन्तिमसम्मका लागि निर्यातमा कर लगाएको हो । भारतले प्याज निर्यातमा पहिलोपल्ट कर लगाएको हो । विश्वमा सबैभन्दा धेरै प्याज निर्यात गर्ने देश भारतले गएको अप्रिल १ देखि अगस्ट ४ सम्ममा नौ लाख ७५ हजार टन प्याज निर्यात गरेको छ ।

यसअघि भारतीय प्याज अरू निर्यातकर्ता देशहरू पाकिस्तान, चीन र इजिप्टको प्याज भन्दा सस्तो थियो । तर अब महँगो भएकोले निर्यात कम हुने र स्थानीय बजारमा भाउ बढ्नबाट रोकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले प्याज निर्यातमा कर लगाउँदा नेपालमा पनि भाउ बढ्ने व्यवसायीहरू बताउँछन् ।

नेपालले यसअघि नै प्याज आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइसकेको छ । अब भारतबाट प्याज आयात गर्दा भारतमा ४० प्रतिशत निर्यात कर र नेपालमा १३ प्रतिशत भ्याट तिर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?