भक्तपुर बाल सुधार गृहमा एक किशोरको मृत्यु

दार्चुला । भक्तपुर बाल सुधार गृहमा एक किशोरको मृत्यु भएको छ। रामेछाप मन्थली नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको हो। उनी बलात्कार आरोपमा तीन वर्षदेखि सुधार गृहमा थिए।

शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएकोमा अस्पतालले केहीबेरमै मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो। अहिले शव पोष्टमर्टमको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ।

यस्तै बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका छन्। उनीहरूले सुधार गृहको लापरवाहीका कारण कमलको मृत्यु भएको आरोप लगाएका छन्।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?