दार्चुला । भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट एक सय ५० जनाभन्दा बढी बालबालिका भागेका छन् । विभिन्न कसुरमा मुछिएका उनीहरू सोमबार दिउँसो सुधार गृहको ढोका फुटाएर भागेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (एसपी) वसन्त पाठकले जानकारी दिनुभयो ।
आइतबार उक्त सुधार गृहमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोडसमेत गरेका गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यसबेला भित्र रहेका अधिकांश बालबालिकाले प्रदर्शनकारीलाई नै साथ दिएर हातमा लाठी लिएर प्रदर्शनमा सामेल भएका थिए ।
सुधार गृहमा करिब तीन सयजना रहेकोमा अहिले ३२ जना किशोरी र केही बालकमात्रै बाँकी रहेको प्रहरीको भनाई छ । फरार रहेकामध्ये केहीलाई भने नियन्त्रणमा लिइएको छ । बाँकीको खोजी भइरहेको प्रहरीको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया