सुदूरपश्चिमसहित पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

दार्चुला । आज सुदूरपश्चिमसहित पाँच प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौमसविद्ले बताएका छन् । मौसमविद् रोजन लामिछानेका अनुसार आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

सुदूरपश्चिम प्रदेशमा दिउँसो र कोशी, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा राति ठूलो पानी पर्ने उहाँले बताउनुभयो । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।

गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो । सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

मनसुन सक्रियसँगै नेपालमा अहिले भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको र यसको प्रभाव अझै एक दुई दिन रहने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?