सुदूरपश्चिममा माओवादीको कार्य विभाजनः दार्चुला इन्चार्जको जिम्मेवारी नरेन्द्र कुवरलाई

दार्चुला । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले नेता कार्यकर्ताको कार्य विभाजन गरेको छ । जसअनुसार दार्चुला इन्चार्जको जिम्मेवारी नेता नरेन्द्र कुवरले पाउनुभएको छ ।

माओवादीले सुरु गर्न लागेको तीन महिने अभियानको लागि जिम्मेवारी तोकिएको हो । जस अनुसार खगराज भट्टलाई व्यवस्थापन कार्यालय समिति र ओम विक्रम भाटलाई प्रचार प्रसार कार्यालय समितिको जिम्मा दिइएको छ । व्यवस्थापनमा भट्ट सहित हरिराम चौधरी, त्रिलोचन भट्ट, झपट साउद र रमेश सिंह धामी छन् भने प्रचार प्रसारमा भाट सहित दीपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा र अंजीत श्रेष्ठ छन् ।

बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र तय गरेको छ भने जिल्ला इन्चार्जहरू पनि तोकेको छ । कैलाली इन्चार्जमा टेकेन्द्र भट्ट, कञ्चनपुर इन्चार्जमा वीरमान चौधरी, डडेल्धुरा इन्चार्जमा हरि ज्ञवाली, बैतडीमा रामप्रसाद तिमिल्सेना, दार्चुलामा नरेन्द्र कुवर, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल, अछाममा ओमप्रकाश पुन र डोटीमा लक्ष्मीराम आचार्यलाई इन्चार्ज तोकिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?