दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका-६ मा रहेको भुमिराज आधारभुत बिधालय (१-८) रैचुको मैदान (आँगन) भत्किने अवस्थामा पुगेको छ । वर्षाका कारण विद्यालयको मैदान भत्किने जोखिम उच्च रहेको स्थानीयले बताएका छन् ।
मैदान सलेर भत्किने जोखिम बढेको छ भने मैदान भत्किदा विद्यालयको भवन समेत जोखिममा पर्नेछ । विद्यालयको तल रहेका घरहरू समेत उच्च जोखिममा रहेका छन् । विद्यालय र घरहरू पहिरोको जोखिममा रहेकोले तत्काल मैदानको पुन:निर्माण गर्न स्थानीयले माग गरेका छन् ।
मैदानको वाल पुरानो भएर सामान्य वर्षाले नै भत्किन थालेको हो, एक जना स्थानीयले भन्नुभयो, समयमै वाल नयाँ लगाए विद्यालय र घरहरू जोगाउन सकिने अवस्था छ । ठूलो वर्षा भए पुरै मैदान भत्किएर विद्यालय र घरमा ठूलो जनधनको क्षति हुनसक्ने जोखिम रहेकोले समयमै पहिरो नियन्त्रणमा गाउँपालिकालगायत सरोकारवालाहरूले ध्यान दिनु आवश्यक रहेको स्थानीयको भनाइ छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया