दार्चुलामा चक्कु प्रहार गरी ८० वर्षीया बृद्धाको हत्या

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका-७ मा एक जना एकल बृद्धा महिलाको चक्कु प्रहार गरी हत्या गरिएको छ ।

मालिकार्जुन गाउँपालिका-७ स्थित टोपाली टोलका ८० वर्षीया भागरथी चन्दको घाटी र छातीमा चक्कु प्रहार गरी हत्या भएको स्थानीयले बताएका छन् । बृद्धा महिलाको हत्या गरि घरभन्दा करिब सय मिटर पर फालिएको अवस्थामा सोमबार विहान शव फेला परेको प्रहरीले जनाएको छ । शनिबारदेखि महिला फेला नपरेको भन्दै आफन्तले प्रहरी चौकीमा आइतबार निवेदन दिएका थिए ।

मृतकको घरमा प्रहरी चौकी जोलजीवि र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार गरी मृतकको जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?