एमाले दार्चुलाको १२ औँ बैठक विभिन्न निर्णय गर्दै सम्पन्न, नबौँ जिल्ला अधिवेसन मंसिरमा

दार्चुला । नेकपा (एमाले) दार्चुलाको १२ औँ बैठक विभिन्न निर्णय गर्दै दार्चुला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । एमाले दार्चुलाका अध्यक्ष प्रेम सिंह धामीको अध्यक्षतामा आयोजित बैठकमा पोलिटब्यूरो सदस्य गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता र केन्द्रीय कमिटी सदस्य एवं दार्चुला इन्चार्ज सहदेव वोगटीको विशिष्ट आतिथ्यता रहेको थियो ।

बैठकमा २०८० असार १४ गतेको ११ औँ बैठक देखि २०८० भाद्र ११ सम्म पार्टी कमिटीले गरेका कामको पालिका पार्टी अध्यक्ष र इन्चार्जहरुले रिपोर्टिङ प्रस्तुत गरेका थिए । यस जिल्लाका ९ वटा पालिका कमिटी र ६१ वडा मध्ये ४६ वडामा कमिटी बैठक सम्पन्न भएको रिपोर्टिङ भएको जिल्ला कमिटी उपसचिव एबं प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो । ११औँ वैठकले तय गरेको जिल्ला अधिवेशनको मितिमा प्रदेश अधिवेसन पर्न गएकोले नवौँ जिल्ला अधिवेशन मंसिर १६ र १७ गते गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

स्थानीय तह÷प्रदेश÷संघको निर्वाचनमा अन्तरघातहरुभएका विभिन्न पार्टीमा निवेदन समेत पर्न गएकोमा सो छानविन गर्नका लागि प्रदेश कमिटी सदस्य ईन्द्र सिंह विष्टको संयोजकत्वमा छानविन समिति गठन भएकोले उक्त समितिलाई सात दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिने निर्णय गरिएको छ । पार्टी कमिटीमा हालसम्म स्वघोषित नियमित लेबि अर्को बैठक सम्म र जनप्रतिनिधिको लेबि तीन दिनभित्र बुझाइसक्ने निर्णय गरिएको छ । वार्षीक लेखा परीक्षण अधिवेशन अगावै गरीसक्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकका अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्ने र यो अवधिमा दिवंगत हुनुभएका पार्टी सदस्यहरुप्रति समवेदना व्यक्त गर्ने निर्णय गरिएको छ ।
तत्काल जिल्ला, पालिका र वडामा जनसंगठनका कमिटीहरुलाई गठन गर्न सम्बन्धित कमिटी लाई निर्देशन गर्ने निर्णय गरिएको छ । अखिल नेपाल महिला संघ र उत्पिडीत जातीय मुक्ती समाजको आयोजक कमिटी गठन गर्ने लगायत विभिन्न निर्णय गर्दै १२ औँ बैठक सम्पन्न भएको नेकपा (एमाले) दार्चुलाले जनाएको छ ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?