अखिल नेपाल किसान महासंघ दार्चुलाको अधिवेसन सम्पन्न, धामीको नेतृत्वमा नयाँ कमिटी चयन

दार्चुला । अखिल नेपाल किसान महासंघ दार्चुलाको छैटौँ अधिवेशन दार्चुला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । धिरेन्द्रसिह धामीको अध्यक्षतामा नयाँ कमिटी चयन गर्दै अधिवेसन सम्पन्न भएको हो ।

खलंगास्थित दार्चुला विकास संगठनको सभाहलमा मंगलबार भएको अधिवेशनले धामीको नेतृत्वमा ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको अखिल नेपाल किसान महासंघ दार्चुला इन्चार्ज एबं केन्द्रीय कमिटी सदस्य नारायणदत्त भट्टले जानकारी दिनुभयो । अधिवेशनबाट उपाध्यक्षमा कल्यानसिह धामी, हेमा थापा, सचिव आनसिह धामी, उपसचिव शेरसिह रावत तथा कोषाध्यक्षमा महेशसिह महरा सर्वसम्मत चयन भएका छन् । यस्तै अधिवेशनले युवा किसान संघमा मानमती पार्की, महिला किसान संघमा सुरमती कुवर, आलु उत्पादन किसान संघमा कौसा विष्ट, खाद्य बाली किसान संघमा तुलसी धामी, तरकारी उत्पादन किसान संघमा बिरसिह, पशुपालक किसान संघमा जमनसिह धामी, अडिबुटी उत्पादन संघमा बिमला महता धामी र फलफुल उत्पादन संघमा पदम साउँदलाई चयन गरेको छ ।

अखिल नेपाल किसान महासंघ दार्चुलाका अध्यक्ष जयसिह विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघका स्थायी कमिटी सदस्य नेपालु चौधरी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिह धामी, प्रदेश सदस्य रामदत्त जोशी, अखिल किसान महासंघका प्रदेश अध्यक्ष मदनराज रेग्मी, सचिव राकेश सिंह, केन्द्रीय कमिटी सदस्य एबं दार्चुला इन्चार्ज नारायण दत्त भट्ट, केन्द्रीय सदस्य दलजीत महता, प्रदेश कमिटी उपसचिव ताराकेशरी कुवर र प्रदेश कमिटी सदस्य जनक डागा, भुवन धामी, हेमा कुवर लगायतको आतिथ्यता रहेको थियो ।

अधिवेशनमा अखिल नेपाल किसान महासंघका संस्थापन अध्यक्ष गोपालसिंह महर, निवर्तमान अध्यक्ष जयसिंह बिष्टलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?