दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी हाजिर हुनुभएको छ । मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आउनुभएका अधिकारीलाई गाउँपालिकामा स्वागत गरिएको छ ।
अहिलेसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्नुभएका रामकुमार रानालाई सम्मान गरिएको र प्रमुख प्रशासकीय अधिकृत अधिकारीको स्वागत गरिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो ।
यस्तै इलाका प्रहरी कार्यालय लटिनाथका प्रहरी निरीक्षक दर्शन खड्कालाई समेत गाउँपालिकाले स्वागत गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया