गोकुलेश्वरबाट दुई जना गम्भीर घाइतेको हेलिकोप्टरमार्फत उद्धार गरि नेपालगञ्ज लगियो

दार्चुला । गोकुलेश्वरबाट दुई जना छुट्टाछुट्टै घटनाका गम्भीर घाइतेको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडी डिलाशैनीकी एक महिलाको र घरको छतबाट खसेर गम्भीर घाइते भएका दार्चुलाको शैल्यशिखरका एक बालकको नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार (आज) उद्धार गरिएको हो ।

डिलाशैनी गाउँपालिका—६ बङगाबगरकी ४० वर्षीया कलावती नाथ करेन्ट लागेर घाइते हुनुभएको थियो । शैल्यशिखर नगरपालिका—१ बलाचका लोकेन्द्र खडायतको ५ वर्षीय छोरा आरुष खडायत घरको छटबाट खसेर गम्भीर घाइते हुनुभएको थियो । दुबै जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरि उपचारका लागि नेपालगञ्ज लगिएको स्थानीय राजेश बिष्टले बताउनुभयो । नाथ करिब साढे १२ बजेतिर बङगाबगरबाट घाँस काटेर घर फर्कने बेला विद्युतको हाइटेन्सन तारमा घाँसको भारी लाग्दा करेन्ट लागेर गम्भीर घाइते हुनुभएको थियो । करेन्ट लागेर नाथको शरिर जलेको छ । घरको छतबाट खसेर गम्भीर घाइते भएका आरुषको बाँया हात, मुख र टाउँकोमा गम्भीर चोट लागेको गोकुलेश्वर अस्पतालले जनाएको छ ।

गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि दुबै जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?