दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका कर्मचारीहरुले निजामती सेवा दिवस नमनाउने भएका छन् । प्रस्तावित निजामती सेवा ऎनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामती सेवाको परिभाषामा नसमेटिएकोमा बिरोधस्वरुप भदौ २२ को निजामती सेवा दिवस नमनाउने जनाउँदै मङ्गलबार विभिन्न मागसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मुख्यमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाइएको लेकम गाउँपालिकाका सूचना अधिकारी एबं अधिकृत छैटौँ शेखरचन्द्र ओझाले जानकारी दिनुभयो ।
ऎनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामती सेवाको परिभाषामा नसमेटदा कर्मचारीहरु बीच विभेद भएको ठहर गर्दै निजामती सेवा दिवस मनाउन उपयुक्त नठानी भदौ २२ गते विरोधस्वरुप कालोपट्टी बाधी विरोध जनाउने निर्णय भएको उहाँले बताउनुभयो । लेकम गाउँपालिकामा कार्यरत कर्मचारीहरुले गाउँपालिकाका अध्यक्ष राम दत्त जोशी र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिहंदरवार काठमाडौं र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश धनगढीलाई ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरुले बुझाएको ९ बुद्दे ज्ञापनपत्रमा संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय सेवामा मात्रै हुनु पर्ने, सरुवा प्रणालीलाई सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रिय प्रणालीमा हुनु पर्ने, निजामती अस्पतालमा सबै सरकारी कर्मचारीहरुलाई समेट्नु पर्ने, सबै तहका कर्मचारीहरुको सेवा सुविधा र वृत्ति विकास सम्बन्धमा विभेद नभई समान हुनु पर्ने, सबै तहमा कार्यरत कर्मचारीहरुलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेरहद नलगाउनु पर्ने, सबै तहका कर्मबचारीहरुको वृत्ति विकासको बाटो खुला गर्ने र उमेर हद हटाउनु पर्ने, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाको हुनुपर्ने र स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको पूर्ण सुरक्षाको प्रत्याभूती हुनुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष रामदत्त जोशीले कर्मचारीले उठाएका उल्लेखित मागहरु जायज भएकोले ज्ञापनपत्रप्रति सकारार गम्भीर हुनुपर्ने बताउनुभयो ।
कर्मचारीले बुझाएको ज्ञापनपत्र हेर्नुहोस

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया