संविधान दिवस देशभर धुमधामका साथ मनाइदैः भोली लेकममा सहिद परिवारलाई सम्मान गरिने

दार्चुला । सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने भएको छ । सरकारले असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ । दार्चुलाका विभिन्न स्थानीय तहले समेत भव्यताका साथ संविधान दिवस मनाउने तयारी गरेका छन् । जसअनुसार आज साँझ दिप प्रज्वलन गरिएको छ ।

लेकम गाउँपालिकाले संविधान दिवस २०८० भव्यताका साथ मनाउने जनाएको छ । लेकम गाउँपालिका अन्तरगतका वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था लगायत मातहतका सम्पूर्ण सार्वजनिक कार्यालयहरु, संघ संस्थालाई र व्यक्तिहरुलाई संविधान दिवस भव्यताका साथ मनाउन र संविधान दिवस विशेष कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरिएको छ । दिवसको अवसरमा सबै कार्यालयमा झण्डा राख्न, सरसफाइ गर्न, दीप प्रज्वलन गर्न र विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न अनुरोध गरिएको लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो । असोज ३ गते संविधान दिवसको दिन लेकम गाउँपालिकाको कार्यालय रातामाटामा संविधान दिवस समारोहको आयोजना गरिएकोले सबै नागरिक, जनप्रतिनिधि, कर्मचारीलाई सहभागिताका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।

यसैबिच संविधान दिवसको अवसरमा लेकम गाउँपालिकाले शुभकामना आदानप्रदान, सहिद परिवार सम्मान तथा चियापान कार्यक्रम आयोजना गरेकोले सबै जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, शिक्षक, बुद्धिजिवि, विद्यार्थी, नागरिक समाज, पत्रकार लगायत आम लेकमवासीमा गरिमायम उपस्थितिका लागि अनुरोध गरिएको गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । नेपाल सरकारले समेत देशभर संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने र विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?