दार्चुला । दार्चुलामा गौरा पर्व र तिज पर्व सकिएसंगै तके जात्राको रौनक चलेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ७ देबथली मालिकार्जुनको पौडी मन्दिर पस्ति लेकमको वडा नंम्बर दुई कुणिमा अवस्थित महाँमाइ भगबती मन्दिर कुणि लगायतका मन्दिरहरुमा यहि असोज ११ गते चतुर्दशिका दिन रात्रीकालिन जात्रा अर्थात तके जात्राा हुने भएको छ ।
धार्मिक आस्थाबानहरुले गौरा र तिजपछि हिउदको सुभारम्भमा रमाईलो भेटघाटको रुपमा लिने तके जात्राहरुमा पछिल्लो समय मदिरा सेबन गर्ने गराउने होहल्ला गर्ने गराउने लगायतका अनैतिक गतिबिधि हुने भएकाले सो कार्य नर्गन,नगराउन अनुरोध गरीएको छ ।
लेकम गाउँपालिका मदिरा निशेधित क्षेत्र भएकाले ११ गते भगबती मन्दिर कुणीमा हुने रात्रीकालिन तके जात्रामा मदिरा सेबन बिक्रि बितरण गर्न पुर्ण रोक लगाईएकाले सो कार्य नगर्न नगराउन सम्बन्धित सबैको जानकारीको लागी साबर्जनिक सुचना नै निकालेकाले सो कार्य गरेको पाईएमा लेकम गाउँपालिकाको गाउँ सभाको निर्णय अनुसार कारबाही गरिने वडा नंम्बर दुईका वडाअध्यक्ष शिबराज जोशीले बताउनुभएको छ ।
दार्चुलामा तके जात्रा पछि विभिन्न रात्रिकालीन जात्राहरु हुने गरेका छन ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया