सुदूरपश्चिममा विषयगत समितिको निर्वाचन मिति घोषणा

दार्चुला । सुदूरपश्चिम प्रदेशसभामा करिब ८ महिनापछि विषयगत समितिको निर्वाचनको मिति निर्धारण गरिएको छ ।

आगामी शुक्रबार असोज १२ विषयगत समितिको निर्वाचनको हुने भएको हो ।

आइतबार समितिका सभापतिहरुको निर्वाचन कार्यतालिका समेत प्रकाशित गरिएको छ ।

कार्यतालिकाअनुसार असोज ११ गते बिहीबार नै मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गरिने छ । यस्तै गरेर असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गरिने छ ।

सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरी चार वटा संसदीय समितिहरु रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?