तीनै तहका जनप्रतिनिधिको तलबसुविधाबारे छुट्टै ऐन बनाउन सांसदहरुको माग

दार्चुला । सांसदहरुले तीन वटै तहका जनप्रतिनिधिको तलब सुविधाबारे छुट्टै ऐनको माग गरेका छन् ।

सरकारले केही नेपाल ऐन संशोधन विधेयकमा मन्त्रीहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०४९ मा राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम मन्त्रीहरुको तलबसुविधा हुने कानुनी व्यवस्थाको प्रस्ताव गरेको छ ।

यस प्रस्तावित व्यवस्थामा संशोधन हाल्दै नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागी र बलराम अधिकारीले सबै तहका जनप्रतिनधिहरुको तलब सुविधाबारे छुट्टै ऐनको आवश्यकता औंल्याएका हुन् ।

‘‘राष्ट्रपतिदेखि संघ, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी छुट्टै एकीकृत ऐन ल्याउनुपर्ने’ सांसदद्वय पौडेल र अधिकारीले छुट्टाछुट्टै हालेको संशोधनमा उल्लेख छ ।

नेपाल कजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने मजदुर मन्त्रीको पारिश्रमिक बराबरी हुने गरी निर्धारण गरिनुपर्ने बताएका छन् ।

‘पेरिस कम्युनको गठनपछि मन्त्री र मजदुरको पारिश्रमिक बराबरी नै बनाइएकोलाई उदाहरणको रुपमा लिएर मन्त्रीहरुको पारिश्रमिक निर्धारण गरिनेछ’ सांसद सुवालले हालेको संशोधन प्रस्ताव छ ।

२८ मार्च १८७१ मा पेरिसमा बनेको नयाँ सरकारलाई ‘पेरिस कम्युन’ राखिएको थियो । उक्त सरकारले कम्युनका सदस्य अर्थात सांसद, मन्त्री र कर्मचारीहरुको तलब साधारण ज्यामीका सरह (६ हजार फ्रान्कभन्दा बढी नहुने नयाँ तलब दर) लागू गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?