दार्चुला । सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुपकुमार उपाध्याय नियुक्त भएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले पूर्वसिंचाइ तथा ऊर्जा सचिव उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
नवनियुक्त उपाध्यक्ष उपाध्यायले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उनी नेपाल विद्युत प्राधिकरणको अध्यक्ष, बेतान कर्णाली ४३९ मेगावाट जलविद्युत आयोजनाको सहअध्यक्ष तथा पञ्चेश्वर विकास प्राधिकरण नेपालको राष्ट्रिय पावर ग्रिड कम्पनीलगायतमा आबद्ध भइसकेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया