हरेक बिहान योगाभ्यास गरेर काम थाल्न कर्मचारीलाई गृह मन्त्रालयको निर्देशन

दार्चुला । गृह मन्त्रालयले मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीलाई हरेक दिन विहान योगाभ्यास गर्न निर्देश गरेको छ।

मन्त्रालयले आज एक सूचना जारी गरी भनेको छ, ‘तहाँ महाशाखाअन्तर्गतका अधिकृतस्तरका सबै कर्मचारीहरूले हरेक दिन विहान १०ः१५ भित्र अनिवार्यरूपमा कम्तिमा १५ मिनेट योगाभ्यासरध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन सादर अनुरोध गरिन्छ।’

अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीलाई यसअघि प्रशिक्षण दिइसकिएको र अन्य कर्मचारीहरुलाई योग प्रशिक्षण प्रदान गरिसकेपछि सोही अनुरुप योग र ध्यान गर्ने व्यवस्था र वातावरण बनाउन समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?