दार्चुला । विश्व पर्यटन दिवस तथा भ्रमण बर्ष २०८० को अवसरमा दार्चुला जिल्ला स्थित अपि हिमालको वेश क्याम्प भ्रमण ८ बुँदे घोषणापत्र जारी गर्दै वेश क्याम्पमा सम्पन्न भएको छ ।
अपि हिमालको वेश क्याम्पमा सुदुरपश्चिम प्रदेश सरकारका मन्त्री, पर्यटन व्यवसायी, राजनितिक दल, अधिकारकर्मी, कलाकार, पत्रकारहरुको सहभागीतामा यस बर्ष पर्यटन दिवस मनाइएको हो ।
अपिहिमाल गाउँपालिकाले आयोजना गरेको दोश्रो भ्रमण सप्ताहमा १ साताको भ्रमण तय गरि अपिहिमाल पुगेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले दार्चुलाको हिमाली क्षेत्रमा पालिने भेडा,च्यांग्रा तथा त्यहाँको जडिबुटीहरुको व्यापार प्रर्वधनमा टेवा पु¥याउने आधारका कार्यक्रम तय गर्ने बताउनुभयो ।
उहाँले हिमाली क्षेत्रका वासिन्दाहरुको समस्याप्रति सरकार जानकार रहेको बताउदैँ समस्या समाधान गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
जिल्लाको महाकाली नगरपालिकाका मेयर नरसिंह चैंसीर र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले छिमेकी गाउँपालिकामा रहेको अपिहिमालको पर्यटन प्रवर्धनमा आफुहरुको साथ रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस्तै नेपाल प्रवतारोहण संघका पुर्व सचिव दिवस पोख्रेलले अपिहिमाल आरोहणको अनुमतीका लागि संघ सकारात्मक रहेको भन्दै उचित संरचना निर्माणका लागि सम्बन्धीत निकायहरुमा पहल गर्ने बताउनुभयो ।
पर्यटन व्यवसायी मायाँ प्रकाश भट्टले अपिहिमाल सुदुरपश्चिमको पर्यटकीय गन्तव्य बनाउन सकिने भएकाले त्यसमा आफुहरुको भुमिका रहने बताउनुभयो । बैतडीका पत्रकार एंव सामुदायीक रेडियो प्रसारक संघका प्रदेश सचीव अमर राज भट्टराईले संचारमाध्यमहरु मार्फत अपिहिमालको प्रचारप्रसारका लागि भुमिका निर्वाह गर्ने बताउनुभयो ।
घोषणापत्रका निम्न कुराहरु उल्लेख गरिएको छ ः
१. प्रकृतीमा आधारित पर्यटन गन्तव्यको रुपमा अपिहिमाल क्षेत्रलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ।
२. अपिहिमाल गाउँपालिकाको प्रमुख प्राकृतिक तथा धार्मिक पर्यटकीय गन्तव्यहरुको पूर्वाधार बिकास गर्न आवश्यक वजेटको व्यवस्था गर्ने ।
३. स्थानीय कला संस्कृती होम स्टेहरुको बिकास गर्ने तथा स्थानीय उत्पादनमा आधारित कृषि तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्ने ।
४. अपिहिमाल वेश क्याम्प लगायत पर्यटकीय क्षेत्र तथा पदमार्गहरुमा फोहर व्यवस्थापन तथा वातावरण प्रदुषण न्युनिकरण सम्बन्धी ठोस कार्यक्रमहरु संचालन गर्ने ।
५. जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरु तथा सिमान्तकृत समुदायको जनजीवनमा परेको असर न्यूनिकरण तथा जलवायु अनुकुलन कार्यक्रम गर्न पहल गर्ने ।
६. संरक्षण क्षेत्रमा चोरी सिकारी नियन्त्रण, मानव वन्यजन्तु द्वन्द न्युनिकरण जैविक विविधताको संरक्षण लगायत वातावरण संरक्षण सम्बन्धी कार्यक्रम संचालन गर्ने ।
७. अपि नाम्पा लगायत हिमाल आरोहणकोलागि सरोकारवाला निकायहरुसंग आवश्यक पहल गर्ने ।
८. अपिहिमाल लगायत पर्यटकीय गन्तव्यहरुमा पालास्टिकजन्य सामाग्रीहरु प्रतिवन्ध लगाउने ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया