एमालेको बाग्मती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल विजयी

दार्चुला । नेकपा एमालेको बाग्मती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । गएराति सकिएको मतगणनामा ढुङ्गेल ६९६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गर्नुभयो ।

यस्तै, उपाध्यक्षमा दावा दोर्जे लामा ६१५ मतसहित निर्वाचित हुनुभएको छ । सचिवमा नवराज सिलवाल एक मत बढी ल्याएर विजयी हुनुभएको छ । उहाँले ५६८ र अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत प्राप्त गर्नुभयो।

यस्तै, उपसचिवमा प्रेम कुमार महर्जन र भक्त कुमारी लामा विजयी हुनुभएको छ । नेतृत्वले सर्वसम्मतिबाट प्रदेश कमिटी चयन गर्ने प्रयास असफल भएपछि हिजो मतदान भएको हो ।

एमालेले अहिले धमाधम प्रदेश अधिवेसन सम्पन्न गरिरहेको छ । सुदूरपश्चिम प्रदेशमा असोज २१ र २२ गते हुने अधिवेसनको तयारी अन्तिम चरणमा पुगेको नेकपा एमालेले जनाएको छ । सुदूरपश्चिममा १५ गते प्रतिनिधि चयन गरिसक्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?