दार्चुला । नेकपा (एमाले) ले धमाधम प्रदेश अधिवेसन सम्पन्न गरिरहेको छ । असोज २१ र २२ गते धनगढीमा आयोजना हुने सुदूरपश्चिम प्रदेशको अधिवेसनका लागि नेकपा (एमाले) ले प्रतिनिधि छनोट लगायत आवश्यक तयारी गरिरहेको जनाएको छ ।
प्रदेश अधिवेसनकै विषयमा केन्द्रित रहेर नेकपा (एमाले) जिल्ला कमिटी दार्चुलाको पदाधिकारी, पालिका इन्चार्ज र अध्यक्षहरुको बैठक असोज १२ गते शुक्रबार खलंगामा सम्पन्न भएको छ । वैठकमा पालिकाहरुको रिपोर्टिङका साथै प्रदेश अधिवेसनको तयारीका विषयमा विभिन्न निर्णय गरिएको एमाले दार्चुलाका उपसचिव एबं प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो । प्रदेश कमिटीवाट जारी गरिएको अपानीका आधारमा असोज २१ र २२ गते हुने सुदूरपश्चिम प्रदेश अधिवेसनको लागि दार्चुलाका नौँ वटै स्थानीय तहमा असोज १५ गते अधिवेसन प्रतिनिधि छनोट गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
अधिवेशनका लागि पालिकाहरुमा प्रतिनिधि संख्या समेत तय गरिएको छ । एमाले दार्चुलामा पाँच हजार बढी नविकृत क्रियाशिल सदस्य रहेकोमा प्रदेश अधिवेसनका लागि ५३ जना प्रतिनिधि छनोट गरि पठाउने निर्णय गरिएको बताइएको छ । असोज १५ गते शैल्यशिखरको देथला र अरु सबै स्थानीय तहको केन्द्रमा प्रदेश अधिवेसन प्रतिनिधि छनोट हुने भएकोले अनिवार्य उपस्थितिका लागि सबै क्रियाशिल संगठित सदस्यहरुलाई अनुरोध गरिएको एमाले जिल्ला कमिटी दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । असोज १५ गते प्रतिनिधि छनौट गरी तोकीएको दायित्त सहित असोज १७ गते भित्र जिल्ला पार्टी कार्यालयमा प्रतिनिधि फारम भरि २ प्रति पासपोर्ट साइजको फोटो समेत बुझाउन मातहतका कमिटीहरुलाई निर्देशन जारी गरिएको छ । प्रतिनिधि छनोटका लागि नौँ वटै पालिकामा निर्वाचन अधिकृत एबं सहजकर्ता समेत चयन गरिएका छन् ।
यस्तै गत भदौ २६ गते नेकपा (एमाले) उपाध्यक्ष एबं संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङसहित पछिल्लो अवधिमा दिवंगत भएका पार्टी सदस्यहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव समेत बैठकले पारित गरेको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया