दार्चुला । कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले सुर्खेतका विश्वकर्मालाई अध्यक्षमा नियुक्त गरेका हुन् ।
म्याद समाप्त भएपछि कांग्रेस विधानअनुसार दलित संघ विघटन भएको थियो ।
२०७२ सालमा अधिवेशन गर्नुपर्ने दलित संघले हालसम्म अधिवेशन गर्न सकेको थिएन । गत साउनको केन्द्रीय समिति बैठकले पूर्वअध्यक्ष मीन विश्वकर्माको समितिलाई भंग गरेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया