दार्चुला । नेकपा एकीकृत समाजवादीले भोलिदेखि सुरु हुने मेची महाकाली जागरण यात्राको तयारी पूरा भएको बताएको छ ।
पार्टीद्वारा आज झापाको काँकरभिट्टामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यात्राको तयारी पूरा भएको जानकारी दिनुभयो ।
पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले यात्राका क्रममा करिब एक हजार किलोमिटर यात्रा तय गरिने बताउनुभयो ।
भोलि बिहान ११ बजेबाट शुरु हुने यात्रामा पार्टीका अध्यक्ष माधवकुमार नपाल सहित उच्च नेताहरुको सहभागिता रहने उहाँले बताउनुभयो ।
झापाका तीन स्थान काँकरभिट्टा, बिर्तामोड र दमकमा कार्यक्रम हुने एकीकृत समाजवादीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया