दार्चुला । अपि पावर कम्पनीले सेयर लिलामीमा बिक्रीमा ल्याउने भएको छ । कम्पनीले असोज १७ गतेदेखि ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामीमा ल्याउने भएको हो ।
जसका लागि न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि असोज २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
कम्पनीले साउन ३१ देखि भदौ १९ गतेसम्म १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सर्वसाधारण समूहको सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।
उक्त सेयरमा मुक्तिनाथ क्यापिटल प्रधान कार्यालय नक्साल, मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा मार्फत आवेदन दिन सकिनेछ ।अर्थ पथ
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया