बझाङमा भूकम्पः बैतडीमा दुई घाइते, दार्चुलाको नौगाड, मार्मा लगायतका विभिन्न ठाँउमा घरहरु चर्किए

दार्चुला । भूकम्पका कारण बैतडीमा दुईजना घाइते भएका छन् । आज (मंगलबार) दिउँसो पटक पटक बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पका कारण घाइते हुनेहरूमा जिल्लाको सिगास गाउँपालिका २ धौलाडकी ३५ वर्षीया कलशा धामी र डिलाशैनी गाउँपालिका २ रोपनबगडकी १० वर्षीया निरा भण्डारी रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

बालिकालाई तत्काल स्थानीय सेला स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गरिएको र थप उपचारका लागि ठूलो अस्पताल लैजानुपर्ने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्।

कलशा घरनजिकै खरबारीमा खर काटिरहेका बेला भूकम्पका कारण सुख्खा पहिरोसंगै खसेको ढुंगा लागेर घाइते भएकी हुन्। कलशाको टाउकामा चोट लागेको र उनको गाजरी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यस्तै स्थानीयहरुका अनुसार भूकम्पका कारण बैतडीका अन्य ठाउँमा पनि विद्यालयका भवन चर्किएका छन् ।

त्यस्तै भूकम्पले दार्चुलाको शैल्यशिखर, महाकाली नगरपालिका, नौगाड, मार्मा गाउँपालिकाका विद्यालय भवन, शौचालय, वडा कार्यालय भवन, घरहरु चर्किएको र क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?