दार्चुलामा ४ किलो चरेससहित दुई युवक पक्राउ

दार्चुला । दार्चुलामा चार किलो चरेससहित दुई युवक पक्राउ परेका छन्। प्रक्राउ पर्नेमा जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ ताकुका २८ वर्षीय विर्ख ठगुन्ना र घोल्जरका २० वर्षीय सहदेब ठगुन्ना रहेका छन् ।

गएराति साढे १ बजेतिर शैल्यशिखर नगरपालिकाको वडा नम्बर ३ कर्कलेबाट उनीहरुलाई चेकजाँच गर्दा ४ किलो १०० ग्राम चरेस र जोख्ने तराजुसहित फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।

उनीहरु गोकुलेश्वरतर्फ आइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले चरेससहित पक्राउ गरेको हो । पक्राउ गरिएका दुवै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?