दार्चुला । कपिलवस्तुमा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवाका ३ वर्षीया रितिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको थियो ।
उपचारका क्रममा ३ वर्षीया बालिका रितिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर नेत्र बहादुर रानाले जानकारी दिनुभयो । आठ वर्षीया इशिकाको भेण्टीलेटरमा राखेर उपचार भइरहेको छ ।
उनीहरुलाई घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतिलाल क्षेत्रीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया