दार्चुला । दार्चुलामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। विहिबार (आज) बिहान करिब पौने ११ बजे दार्चुला सदरमुकाम खलंगाबाट दुँहु गाउँपालिकातर्फ जादै गरेको से १ ख १२५२ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा स्थानीय करन सिंह बोहराको मृत्यु भएको हो ।
ओभर लोड भएकाले ब्रेक फेल हुँदा ट्रक दार्चुला तिंकर सडक अन्तर्गत दुँहु गाउँपालिका ३ राताकाठामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। राटाकाठा भिरबाट ट्रक करिब ३०० मिटर तल महाकाली नदी किनारामा खस्दा दुँहु गाउँपालिका वडा नम्बर ३ ब्रहमदेब बस्ने अन्दाजि ४० वर्षीय करन सिंह बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार सवारि चालक फरार छन् । चालकको खोजि भइरहेको प्रहरीको भनाई छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यलय हिकिलाबाट प्रहरी टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक बोहरा सामान धनी रहेको स्थानीयले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




