दार्चुला । बैतडीमा दुई घरबाट दिउँदै सुन र नगद चोरी भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ बत्थीका गंगासिंह महरा र तारासिंह महराको घरबाट सुन र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो।
बुधबार दिउँसोको समयमा गंगासिंह महराको घरबाट एक तोला चार आनाको गलोबन्द र ४ आनाको तिलरी चोरी भएको छ।
त्यस्तै सोही ठाउँका तारासिंह महराको घरबाट दुई आना र ५ आनाको दुईटा तिलरीसहित नगद ६ हजार तीनसय रुपैंया चोरी भएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया