दार्चुला । स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । दार्चुलासहित देशभरीका स्थानीय तहमा कार्यरत स्थानीय निजामती सेवाका कर्मचारीले आफ्नो हकहितका मुद्दा सम्बोधन नगरिएकोले आन्दोलित हुनुपरेको बताएका छन् ।
स्थानीय तह र संघीय निजामतीका कर्मचारीको सरूवा प्रकृया, सेवासुविधा, अधिकार समान हुनुपर्ने, लामो समयसम्म करार ज्यालादारी सेवामा कार्यरत कर्मचारीलाई एकपटकको लागि उमेर हद नलाग्ने गरि आन्तरिक प्रतिस्पर्धाको अवसर दिनुपर्ने लगायत विभिन्न माग गर्दै स्थानीय तहका कर्मचारी आन्दोलित भएका हुन् । स्थानीय तहमा कार्यरत कर्मचारीको आन्दोलनका कारण स्थानीय तहबाट प्रवाह गरिने अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरू पेन डाउन गर्दै अनिश्चितकालीन समयका लागि बन्द गरिएको स्थानीय तह कर्मचारी दार्चुला जिल्ला संघर्ष समिति अध्यक्ष एबं लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख केशवराज ओझाले बताउनुभयो ।
कर्मचारी आन्दोलित हुँदा स्थानीय तहको काम प्रभावित हुने भएको छ। कर्मचारीले भने आन्दोलन रहर नभइ बाध्यता भएकोले मागहरू पूरा नहुदासम्म आन्दोलनका कार्यक्रम जारी रहने बताएका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया