दार्चुलामा यात्रु तथा नागरिक सहायता कक्षको स्थापना

दार्चुला । दार्चुलामा दशै तिहार लक्षित यात्रु तथा नागरिक सहायता कक्षको स्थापना हुन थालेका छन् । आज (शुक्रबार) जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको कमाण्डमा खटीएको प्रहरी टोलीले दार्चुला सदरमुकाम खलंगास्थित बसपार्कमा यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गरिएको हो ।

स्थानीय समाजसेवी र यातायात व्यवसायीहरुको उपस्थितिमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ बसपार्कमा नजिकिदै गरेको नेपालीहरुको महान चाँड बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी हुन सक्ने गैह्र कानूनी क्रियाकलापहरु नियन्त्रण तथा सवारी व्यवस्थापनको लागि यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका अन्य स्थानमा समेत यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?