बस दुर्घटना हुँदा सल्यानमा दुई जनाको मृत्यु, चालकसहित ५ जना गम्भीर घाइते

दार्चुला । सल्यानमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिबार दिउँसो कपुरकोट गाउँपालिका ३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका ६ की ४० वर्षीया अनिता बोहरा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानलका डीएसपी नविन कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको छन् र घाइतेहरुलाई थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?