आजदेखि अग्रिम टिकट बुकिङ खुला

दार्चुला । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुलेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत शुक्रबार भएको सर्वपक्षीय छलफलपछि आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो।

अग्रिम टिकट बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ। कालोबजारीमा टिकट बिक्री हुन नदिन अनुगमन गरिने विभागको भनाइ छ।

टिकट बुकिङ खुला भएसँगै बिहानदेखि नै गोंगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेहरुको भिड लागेको छ। यस्तै कलंकी, बल्खु, कोटेश्वरलगायत काठमाडौंका विभिन्न स्थानमा खोलिएका काउन्टरहरु पनि टिकट लिनेहरुको घुइँचो लागेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?