दार्चुला । धनगढीमा जारी नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन सहमति नजिक पुगेको छ। निर्वाचन प्रक्रिया अघि बढे पनि सहमतिबाटै पदाधिकारी चयन गर्न केन्द्रको निरन्तरको दबाबपछि नेताहरू सहमति नजिक पुगेका छन्।
एमाले सुदूरपश्चिम उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भएका छन् ।
उपाध्यक्षका उम्मेदवार बलदेव रेग्मी, हजारीसिंह साउद, रणबहादुर महराले उम्मेदवारी फिर्ता लिएपछि कालीबहादुर शाही सर्वसम्मत निर्वाचित भएका छन्।
यस्तै अध्यक्षमा मनोनयन दर्ता गराएका वचनबहादुर सिंह र कमलप्रसाद तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन कमिटीको कार्यालयले सिंह र तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ।
नेताहरूका बीचमा अछामका कृष्णप्रसाद जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भए पनि अछामकै भरत साउदको उम्मेदवारी कायम छ। साउदसँग अहिले संवाद भइरहेको नेताहरुले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया