दार्चुला । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कैलाश पर्वतको दर्शनका लागि आउने भएका छन् । यस क्रममा उनी नेपालको चुच्चे नक्साभित्र समेटिएका स्थानहरूमा समेत पुग्ने कार्यक्रम छ ।

नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै मोदी कैलाश पर्वत र पार्वती सरोवर दर्शन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहेका गुञ्जीका सात गाउँ (गुञ्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गर्ने जनाइएको छ । त्यहाँका ३० जना स्थानीयवासीसँग मोदीले भेटघाट र छलफल गर्नेछन् । यस विषयमा नेपाली पक्ष अनभिज्ञ देखिएको छ ।

मोदीले त्यहाँ भारतीय सेना, आइटीवीपी, एसएसबी र सुरक्षा अधिकारीहरूसँग भेटघाट र फोटो सेसन गर्ने तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैगरी मध्यान्ह १२ बजे अल्मोडाको जागेश्वर धामको दर्शन र पूजापाठ गर्नेछन् । दिउँसो साढे २ बजे पिथौरागढमा आयोजित सभालाई सम्बोधन कार्यक्रम तय भएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी बिहीबार दिनभरि प्रधानमन्त्री मोदीसँगै भ्रमणमा रहनेछन् ।

नेपालको चुच्चे नक्सामा समेटिएको सो क्षेत्रमा हुने मोदीको भ्रमणका विषयमा नेपालमा कुनै चर्चा छैन ।सरकारी निकाय, राजनीतिक दल र सामाजिक सञ्जाल प्रयोगकर्तासमेत यो विषयमा बेखवर जस्तै छन् । सीमा क्षेत्रमा पनि सन्नाटा छ ।

अतिक्रमित नेपाली भूमिमा अहिले नेपालीलाई प्रवेश निशेध छ । कालापानी क्षेत्रमा भारतीय सुरक्षा फौज तैनाथ छ । नेपाली नक्सामा समेटिएको अतिक्रमित भूमिमा भारतले विकास निर्माणका कामहरू समेत तिब्र गतिमा गरिरहेको छ । अतिक्रमित भूमि फिर्ताका लागि नेपाल सरकारले ठोस वार्ता समेत गर्न सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?