भारतीय प्रधानमन्त्री मोदीले गरे कालापानी नजिकको पार्वती कुण्डको दर्शन

दार्चुला । भारतीय प्रधानमन्त्री मोदी आज बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका छन् । उहाँको ट्विटर अकाउन्टबाट पार्वती कुण्डमा दर्शन गरेको फोटो पनि सार्वजनिक भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तराखण्डस्थित पिथौरागढको पार्वती कुण्ड पुगेका छन्।

उक्त कुरा मोदी स्वयंले ट्वीटमार्फत जानकारी गराएका हुन्। ‘उत्तराखण्डस्थित पिथौरागढको पवित्र पार्वतीकुण्ड दर्शन तथा पूजाबाट अभिभूत भएको छु। आदिकैलाशको दर्शनबाट पनि मन आह्लादित बनेको छ। प्रकृतिको काखमा रहेको अध्यात्म एवं संस्कृतिको यस स्थलबाट देशका सबै परिवारको सुखमय जीवनको कामना गरेको छु,’ मोदीले ट्वीटरमा लेखेका छन्।

पार्वती कुण्ड र आदिकैलाशमा मोदीले पूजा आराधना समेत गरेका हुन्।

करीब ४२ अर्ब भारुको एक परियोजना उद्घाटन गर्न मोदी उत्तराखण्ड पुगेका हुन् । मोदीले नेपालको सिमानाभित्र रहेको गुञ्जिका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पार्वतीकुण्ड कालापानीबाट नजिक पर्छ। नेपाली भूमि कालापानी तथा लिपुलेक अहिले भारतीय कब्जामा छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?