इजरायलबाट २५० जना नेपाली लिएर निगमको जहाज काठमाडौँका लागि उडयो

दार्चुला । इजरायलमा जोखिममा रहेका र नेपाल फर्कन चाहने २५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज काठमाडौँका लागि उडेको छ ।

नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद इजरायल जानुभएको थियो । विमान विहीबार मध्यराती साढे १ बजे काठमाडौँ आइपुग्ने मन्त्री साउदको सचिवालयले जनाएको छ ।

केहीबेर अघि इजरायलबाट नेपाल आउन २५० जना नेपाली बिद्यार्थी विमान चढेका हुन्। गत शनिवार प्यालेष्टाइनी उग्रवादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि १० जना नेपालीको मृत्यु भएको थियो । त्यसपछि अध्ययनका लागि इजरायल गएका बिद्यार्थी हमास र इष्जरायली सेनाको लडाइ जारी रहेकाले स्वदेश फर्किन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?