
दार्चुला । तनहुँमा डेङ्गु सङ्क्रमणबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । व्यास नगरपालिका वडा नम्बर ४ शीतलचोकका एक बालकको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको हो ।
दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । ६ वर्षीय बालकको मृत्युसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।