दार्चुला । देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज धेरै ठाउँमा बादल लाग्ने सम्भावना छ । आज केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो ।

भोलि र पर्सि पानी पर्ने अनुमान छ । खासगरी पश्चिमी क्षेत्रमा भोलि र पर्सि लगातारजसो पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी क्षेत्रमा कम वर्षा हुने अनुमान छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउँदो बुधवारदेखि हट्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । वर्षाको सम्भावना रहेकाले आज धान नकाट्न र हिजोअस्ति काटिएको छ भने भित्र्याइहाल्न किसानलाई मौसमविद्को सुझाव छ । देशका धेरै ठाउँमा धान पाकेको छ ।

मौसमविद् मानन्धरले बुधवारदेखि मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र धान काट्न सुझाव दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

प्रेस चौतारी नेपालको तेस्रो केन्द्रीय बैठक १५ बुँदे दार्चुला घोषणपत्र जारी गर्दै सम्पन्न

२०८० मंसिर १३, बुधबार १५:२६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?