दार्चुला । १४ दिनदेखि आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । विभिन्न माग राखेर संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदे सहमति भएको हो ।
बिहीबार ५ घन्टाका साथै शुक्रवार र शनिबार निरन्तर वार्ता भएपछि सहमति भएको हो । सहमतिमा प्रमुख प्रशासकीय अधिकृत ऐन लागू भएको पाँच वर्ष निजामती कर्मचारी र त्यसपछि स्थानीय सेवाको हुन पाउने छन् । तहगत सरुवा प्रणाली, ट्रेड युनियन अधिकार, प्रदेशले निर्माण गर्ने कानुनमा स्थानीय कर्मचारीको साटो प्रदेशको निजामती कर्मचारी, पाँच वर्षमा बढुवा हुने व्यवस्था गर्ने सहमति भएको संघर्ष समितिका महासचिव विजय देवकोटाले जानकरी दिनुभयो ।
उहाँका अनुसार सहमति भएपछि १४ दिनदेखिको आन्दोलन रोकिएको छ । आइतबारदेखि नै कर्मचारी सेवामा फर्किनेछन् ।
सहमतिका अन्य बुँदा हेर्नुहोस








विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया