
दार्चुला । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा जारी युद्धमा वेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगहरुलाई आग्रह गरेका छन् ।
आइतबार अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले वेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेका हुन् ।
परराष्ट्रमन्त्री साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपीन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने बताउनुभयो ।
प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपीनलाई पनि अपहरण गरेर लगेको जानकारी आएको उहाँले बताउनुभयो ।
‘त्यसदेखि नै उहाँ अज्ञात अवस्थामा हुनुहुन्छ, उहाँको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन’, परराष्ट्रमन्त्री साउदले भन्नुभयो ।